प्रधानमन्त्रीद्वारा गोरखा महोत्सव उद्घाटन -
Comments Add Comment

प्रधानमन्त्रीद्वारा गोरखा महोत्सव उद्घाटन

२७ पौष , काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा महोत्सव उद्घाटन गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेको प्रधानमन्त्री प्रचण्डले बुधबार गोरखास्थित हरमटारीमा भएको गोरखा महोत्सव उद्घाटन गरेका हुन् ।

गोरखा उद्योग बाणिज्य संघको आयोजनामा गोरखामा बुधबारदेखि महोत्सव सुरू भएको हो । महोत्सव उद्घाटन समारोहमा प्रधानमन्त्रीसहित उपप्रधान एवं भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंलगायत सहभागी थिए ।

प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलो पटक गोरखा गएका हुन् । गत मंसिरको चुनावमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds