Comments Add Comment

Advertisment

SKIP THIS

टेम्पोको ठक्करबाट महिलाको मृत्यु

२० असार , काठमाडौं । दाङको लमही नगरपालिका–५ वयलडाँडामा टेम्पोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय राजकुमारी चौधरी रहेकी छन् ।

टेम्पोको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा चौराहा अस्पताल बुटवलमा आज बिहान पौने ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमहीबाट गढवातर्फ जाँदै गरेको रा १ स ३४५० नम्बरको टेप्मोले गएराति साढे ९ बजे सडक पार गर्दै गरेकी महिलालाई ठक्कर दिएको थियो। टेम्पो चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment