Comments Add Comment

Advertisment

SKIP THIS

टीकापुरमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

५ असार , काठमाडौँ  । कैलालीको टीकापुरमा जंगली हात्तीको आक्रमणबाटमहिलाको ज्यान गएको छ ।

टीकापुर–१ बस्ने ५० वर्षीया टंकी सोडारीको ज्यान गएको हो । उनलाई शनिबार सन्कट्टीघाट जानेबाटो सितल सामुदायिक बन नजिक हात्तीले आक्रमण गरेको थियो ।

उनको घटना स्थलमै मृत्यु भएको टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा मृतकका आफन्त झपट सोडारीले बताए ।

कर्णाली नदी तटबन्धको काम गरिरहेका बेला उनलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment