Comments Add Comment

Advertisment

SKIP THIS

पाँचथर पहिरो : बेपत्ता २ को शव भेटियाे

१९ असार , काठमाडौं । शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ ।

पहिरोले घर बगाउँदा फालेलुङ–७ बिहीदिनका रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । ४२ वर्षीय रुपलालको शव शनिबार बिहान फेला परेको थियो ।

रुपलालकी श्रीमती ३८ वर्षीया गोमा र भतिजी १९ वर्षीया एलिसाको शव आज बिहान फेला परेको पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । स्काभेटरको सहायताले पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको शव निकालिएको हो ।

पहिरो जाँदा घरमै रहेका उनका काका दलप्रसाद मगर भने उच्छिटिएर बाँच्न सफल भएका थिए । सडक निर्माण समयमा नहुँदा पहिरो गएको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै