Comments Add Comment

Advertisment

SKIP THIS

इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका अध्यक्ष कृष्ण कँडेल विवादमा

काठमाडौं । इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका अध्यक्ष कृष्ण कँडेल विवादमा तानिएका छन् ।

खगेन्द्र विश्वकर्मा, शर्मिला श्रेष्ठ, पूर्ण कँडेल, लक्ष्मी घिमिरेसहितले आफूहरूलाई अपमानजनक रूपमा जागिरबाट निकालिएको आरोप लगाएपछि कँडेल विावदमा तानिएका हुन् ।

तर कँडेलले फेसबुकमार्फत आफूले कुनै पनि प्रकारको शोषण नगरेको दाबी गरेका छन् । कँडेलले लेखेका छन्, ‘आज यस संस्थाका सबै कर्मचारी तथा कलाकारलाई समान व्यवहारको काम गर्दा गर्दै पनि केहि कलाकार तथा कर्मचारीहरूले यस संस्था छाडी आज म तथा मैले सञ्चालन गर्दै आएको इन्द्रेणी कार्यक्रमलाई बदनाम गराउन र सिंगो संस्थालाई नै धरासायी बनाउन काल्पनिक र बनावटी कुरा राखी अन्तर्वार्ता तथा लाइभमा बसेको र पत्रकार सम्मेलन गरेको विषयले म सार्है दुःखित छु ।’

उनले आफूमाथि लगाइएका सबै आरोप झुटा भएको दाबी पनि गरेका छन् । उनले इन्द्रेणी सञ्चालनका विषयमा संस्थामा आबद्ध अन्य कलाकारसँग बुझ्न सकिने बताए ।

‘इन्द्रेणी के हो ? कसरी चलेको छ भन्ने विषय हाल पनि यस संस्थामा ३० भन्दा बढी कलाकार तथा कर्मचारी आबद्ध रहेको हुदा निजहरूसँग पनि प्रत्यक्ष बुझ्दा स्पष्ट हुने हुँदा झुटा भ्रमपूर्ण अभिव्यक्तिलाइ सञ्चार माध्यमहरूले एकतर्फी सम्प्रेषण नगरिदिनुहुन अनुरोध गर्दछु,’ उनले फेसबुकमा उल्लेख गरेका छन् ।

कँडेलले आफूविरुद्ध लागेका झुटो आरोपहरू प्रकाशित गर्ने सञ्चारमाध्यम तथा अफवाह फैलाउने व्यक्तिविरुद्ध कानुनी उपचारमा जान बाध्य हुने चेतावनी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै