Comments Add Comment

Advertisment

SKIP THIS

फ्राइडे रिलिज : देशभर ‘लाइफ इन एलए’

०६ जेठ , काठमाडौं । आज शुक्रबारबाट देशभर फिल्म ‘लाइफ इन एलए’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो फिल्म प्रदर्शनमा आएको हो । फिल्म सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् ।

ब्यास बिस्सु, अकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय रेको फिल्म अमेरिकामा रहने नेपालीको कथामा बनेको हो । ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मका निर्माता अभिनेता ब्यास नै हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा राजेन्द्र ठकुराथी पनि निर्माताको रुपमा रहेका छन् । अमेरिकामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन भएको फिल्मको बुधबार प्रिमिएर गरिएको थियो ।

ललितपुरको पुल्चोकस्थित लबिम मलमा आयोजित प्रिमियरमा फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको थियो । फिल्म कलाकारदेखि खेलाडीसम्मे हेरेका थिए । प्रिमिएरमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले अमेरिकाको लाइफस्टाइल कस्तो हुन्छ भनेर फिल्मले देखाएको बताइन् । ‘हामी अमेरिकालाई सपनाको देश मात्र भन्छौं । तर, त्यहाँ गएपछिको लाइफस्टाइल कस्तो हुन्छ भन्नेबारेमा हामीलाई थाहा नै हुँदैन । फिल्ममा यी सबै कुरालाई देखाइएको छ’ दीपाले भनिन् । फिल्मको प्रिमिएरमा पूर्वडीआईजी रमेश खरेल, निर्देशक प्रकाश सायमी, निर्माता अर्जुन कुमार, फुटबल खेलाडी विराज महर्जन र भरत खवास लगायत पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै