Comments Add Comment

Advertisment

SKIP THIS

बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

२२ फागुन , काठमाडौ । पाल्पाको तानसेन नगरपालिका ८ नयाँपाटी नजिकै बस र स्कुटर एक आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय पाल्पाका अनुसार आज दिउँसो १ बजे बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु २ ख ८३५ नम्बरको बस र विपरीत दिशाबाट जाँँदै गरेको लु ७७ प २२०२ नम्वरको स्कुटर एक आपसमा ठोक्किँदा स्कुटर चालक माथागढी गाउँपालिका २ खहरेका २७ वर्षीय ऋषिकेश सारुको मृत्यु भएको हो ।

घाइते भएका सारुको उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएकोमा मृत्यु भएको हो । बस र चालकलाई प्रहरी नियन्त्रणमा दिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

भक्तपुरमा आगलागी : एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु