Comments Add Comment

Advertisment

SKIP THIS

एमालेको प्रतिबद्धता – प्रतिवर्ष १ लाख परिवारलाई खाद्य सुरक्षा दिने

१५ कार्तिक , काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित नेकपा एमालेले मंगलबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले आफ्नो घोषणापत्रमा कृषि उत्पादनमा वृद्धि र आपूर्तिमा व्यापक सुधार गर्ने संकल्प राखेको छ ।

यसैगरी, पार्टीले सबै पालिकामा खाद्य भण्डार र सातै प्रदेशमा खाद्य गुणस्तर मापन तथा निर्धारण प्रयोगशाला स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

एमालेले प्रतिवर्ष १ लाख परिवारलाई खाद्य सुरक्षा दिने प्रतिबद्धता पनि गरेको छ। ‘प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् प्रति वर्ष ३ लाख परिवारलाई आयआर्जनमार्फत् खाद्य सुरक्षा दिने भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै