नेकपा एसको प्रतिबद्धता- २०० युनिटसम्म विद्युत् महसुलमा छुट -
Comments Add Comment

नेकपा एसको प्रतिबद्धता- २०० युनिटसम्म विद्युत् महसुलमा छुट

१६ कात्तिक , काठमाडौ । नेकपा एकीकृत समाजवादीले ‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्ने प्रतिबद्धता जाहेर गरेको छ।

आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै तीनै तहको सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिक रूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने प्रतिबद्धता गरेको हो।

गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जोड्न र बिजुली उपभोगमा सहुलियत दिन पहल गरिने र ग्रामीण विद्युतीकरणलाई अभियानका रूपमा सञ्चालन गरिने उल्लेख गरेको छ।

आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवर्द्धन गर्न पहल गर्नेछ। स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरूलाई प्रोत्साहित गर्ने र निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई पनि सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गर्न पहल गरिने उल्लेख गरेको छ।

नेपालको पूर्ण क्षमता अनुसारको जलविद्युत् उत्पादन गर्न र उत्पादित विद्युत्को उपयोग तथा व्यापारका लागि सरकारी, सहकारी र निजी क्षेत्रलाई संलग्न गराइने छ ।

स्वदेशी लगानीमा निर्माण गर्न समय लाग्ने परियोजनाहरू राष्ट्रियहित अनुकूल हुने गरी अन्तर्राष्ट्रिय समुदायलाई निर्माणको जिम्मा दिने व्यवस्था गर्न पहल गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds