Comments Add Comment

Advertisment

SKIP THIS

शेखर समूहका पदाधिकारीहरुको बैठक छुट्टै बस्ने

२६ असार , काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज बस्ने भएको छ ।

भोलि सुरु हुने केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल गर्ने यो समूहको बैठक बस्न लागेको हो।

बालुवाटारस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा दिउँसो एक बजे बस्ने बैठकमा आफ्नो समूहको एकीकृत धारणा बनाउन छलफल हुने बताइएको छ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपामा पार्टी पदाधिकारी बैठक बोलाएका बेला शेखर समूहको बैठक बालुवाटारमा बस्ने भएको हो।

कांग्रेसले स्थानीय तहको चुनावको समीक्षा गर्न र भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान पारित गर्नेलगायतका विषयमा निर्णय गर्न भोलि दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै