Comments Add Comment

Advertisment

SKIP THIS

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

१६ साउन , काठमाडौं । पोखरा महानगरपालिका-६ डिहिकोपाटनमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएकाे छ भने दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार गएरातिदेखिकाे वर्षापछि घरमाथिबाट आएको पहिराेले पुरिँदा सन्तोष सुनारको मृत्यु भएकाे हाे । पहिरोमा परेर सुनिता सुनार र सिमन सुनार घाइते भएका छन् । सन्तोष सुनिताका भाइ हुन् ।

सुनिताको पोखराकाे गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । सुनिता र सिमन दुवैकाे स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै