Comments Add Comment

काठमाडौंको नागढुङ्गामा प्रहरीले लागुऔषधसहित एक जना पक्राउ

फागुन २७ काठमाडौ । काठमाडौं चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गामा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बा४ख ५०१६ नम्बरको बसमा जाँच गर्ने क्रममा एक हजार २०० एम्पुल लागुऔषधसहित पर्सा जिल्ला बीरगञ्‍ज महानगरपालीका वडा नं. २० बस्ने बर्ष १९ को आकाश पटेललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

उनका साथबाट नियन्त्रित लागुऔषध ४०० एम्पुल डाइजेपाम, ४०० एम्पुल फेनारगन र ४०० एम्पुल नुर्फिन बरामद गरिएको छ । पर्साको वीरगञ्ज महानगरपालिका-२० बस्ने उनलाई कसैले लागुऔषध बोकाएर पठाएको अनुमान गरिए पनि कारण भने खुलेको छैन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै