Comments Add Comment

Advertisment

SKIP THIS

दुई पांग्रे सवारी साधनको कर बढाएपछि

२६ भाद्र काठमाडौ । दुई पांग्रे सवारी साधनको कर बढाएपछि यामाहा मोटरसाइकल र स्कुटर नेपालमा विक्री गर्दै आइरहेको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले व्यवसायीहरूलाई निरुत्साहित पार्ने गरी सरकारले नीति ल्याएको जनाएको छ।

विदेशबाट आयात गरी नेपालमा मोटरसाइकल र स्कुटर बिक्री गर्नेहरूलाई पेशाबाट नै पलायन हुने गरी सरकारले नीति ल्याएको एमएडब्लु इन्टरप्राइजेजको भनाइ छ।

नेपालमा एसेम्वल्ड गर्नेहरूलाई यसले सुखको सास फेर्न देला, तर हामीजस्ता भारतबाट मोटरसाइकल र स्कुटर ल्याउनेहरूलाई सरकारले करमाथि कर थपिदिएको छ,ु एमएडब्लु इन्टरप्राइजेजका एक अधिकारीले सेतोपाटीसँग भने।

ुसरकारले अन्तस्शुल्कमा २५ प्रतिशत छुटको स्थानमा त्यसलाई बढाएर ५० प्रतिशत छुट दिएको छ’, ती अधिकारीले भने, ‘यसले हामीजस्तालाई निरुत्साहित गर्छ र पेशाबाट पलाउन बनाउँछ।

नेपालमा मोटरसाइकल र स्कुटर बेच्दै आइरहेका केही कम्पनीले एसेम्वल्डका नाममा छुट सरकारबाट लिए पनि उपभोक्ताहरूलाई त्यो भने नदिएको ती अधिकारीको आरोप छ।

नेपालमा मोटरसाइकल र स्कुटर बेच्दै आइरहेका कम्पनीहरुले एसेम्वल्ड भन्दै सामान आयात गर्दा भ्यालु अडिसन नदेखिएको ती अधिकारीले बताए।

एमएडब्लु इन्टरप्राइजेजका सिइओ राजु क्षेत्रीले सरकारको यो निर्णयले विदेशबाट मोटरसाइकल र स्कुटर आयात गर्नेहरूलाई अप्ठ्यारो र नेपालमा नै एसेम्वल्ड गर्नेहरूलाई सहज हुने वातावरण बनाइदिएको बताए।

प्रतिस्थापन बजेटले १२५ सिसीभन्दा माथिका मोटरसाइकल र स्कुटरको अन्तस्शुल्क १० प्रतिशत बढाएको छ। ५०० देखि ८०० सिसीका बाइकमा भने २० प्रतिशत अन्तस्शुल्क बढाइएको छ।

अन्तस्शुल्क बढेसँगै अब नयाँ आउने १२५ देखि १५५ सिसी इन्जिन क्षमताका दुई पांग्रे सवारी साधनको मूल्य बढ्ने लगभग निश्चित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै