१५ मंसिर काठमाडौ । संघीय संसदमा यौन हिंसा व्याप्त बनेको छ । हालै सार्वजनिक सात महिना लामो अनुसन्धानबाट आएको एक रिपोर्टले संसदमा महिलामाथि हुने यौन हिंसा व्याप्त बनेको देखाएको हो ।

‘सेट दी स्ट्यान्डर्ड’ शीर्षकमा मंगलबार छापिएको करिब ४५६ लामो रिपोर्टले संसदका एक तिहाई महिला यौनजन्य हिंसामा पर्ने गरेको देखाएको हो ।

संसदभित्रका करिब ६३ प्रतिशत महिला कर्मचारीले बुलिङ, यौनजन्य हिंसा र यौन दुराचारको हिंसा खेप्नु परेको रिपोर्टमा उल्लेख छ । तुलनात्मकरुपमा संसदभित्र हुने महिला कर्मचारीको संख्याभन्दा बढि हिंसा भएको रिपोर्टले जनाएको छ ।






