Comments Add Comment

Advertisment

SKIP THIS

बिरगंज भन्सार कर्मचारी खुलेआम राजस्व छल्दै तस्करीसंग पैसा लिएर भागबण्डा गर्दै

११ मंसिर , काठमाडौँ । बिरगंज भन्सार कार्यालयका तीन जना कर्मचारीहरुको असुली धन्दाले बिरगंज भन्सारको ठुलो बदनाम भएको छ ।

भन्सार कर्मचारीहरु (पासा) (काजी राव) भाग्रित कार्की लगाएतको ३ जना कर्मचारीहरुले बिरगंज भन्सार कार्यालय यात्रु शाखा छैउमा टिनको पाल बनाएर रातको समयमा बिना भन्सार समान तस्करी गर्ने हरुसंग खुलेआम पैसा लिएर भागबन्डा गरेको प्रष्ट भिडियोमा देख्न सकिन्छ ३ जना भन्सार कर्मचारीहरुको पैसा असुली गर्ने धन्दाले बिरगंज भन्सार कार्यालयकै बदनाम भएको हो ।

बिरगंज भन्सार कर्मचारीहरु (पासा) (काजी राव) (भाग्रित कार्की) लगाएतको ३ जनाले भारतको रक्सोलबाट फर्कनेहरुबाट दिनदहाडै खुलियाम रकम असुल्ने गरेका छ्न । भारतीय बजारबाट दैनिक उपभोग्य सरसामान किनमेल गरेर फर्कने नेपालीबाट पनि असुलीकर्ता हुन लागेको छ्न ।

तिनीहरुले ती सोझा साझा नेपालीबाट रु ५० देखि रु १००/ ५००/सम्म असुल्ने गरेका छ्न । न्युज 24 ग्यालेक्सीलाई प्राप्त सूचना अनुसार कर्मचारीले नेपालीहरुबाट दैनिक रकम असुल्ने गरेका छन ।

यता यस विषयमा बिरगंज भन्सार कार्यालयका भन्सार अधिकृत डिल्ली राम सुवेदीले आफूलाई यो बारेमा जानकारी नभएको कर्मचारीले पैसा लिएको भए स्पष्टीकरण लिनेे भन्दै उल्टै प्रहरीलाई आरोप लगाउदै भने भन्सारमा कर्मचारी मात्र छैन पक्राउ गर्ने हेर्ने प्रहरी पनि त छ। भन्दै मेरो कुनै पनि भनाइ समाचार र टिभीमा नराख्नु होला भन्दै फोन राखे ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोग हैटोडाका सूचना अधिकारीले बिरगंज भन्सारका कर्मचारीले पैसा लिएको भिडियो रिपोर्ट प्रमाणिात भए त्यसलाई प्रमाणको आधारमा तत्काल कार्वाही प्रतिक्रिया अगाडि बढाएर मुद्दा चलाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै