Comments Add Comment

Advertisment

SKIP THIS

कपिलवस्तु प्रहरीद्वारा डाँका मुद्दामा ६१ वर्ष कैद सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ

काठमाडौँ: जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले डाँका मुद्दामा ६१ वर्षसम्म कैद सजाय तोकिएको व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीले पाँच वटा मुद्दामा दोषी ठहर भएर पनि फरार रहेका कृष्णनगर नगरपालिका-१ गर्चिहवा बस्ने ५७ वर्षीय सोमई भन्ने प्रकाश कहारलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी निरञ्जन भट्टका अनुसार कहारविरूद्ध तीन वटा खुन डाँका, एउटा डाँका र एउटा चोरीको मुद्दा थियो।

पाँच मुद्दामा उनलाई कुल ६१ वर्षसम्मको कैद सजाय भएको थियो। ३ लाख ५२ हजार ७७८ रुपैयाँको जरिवाना पनि तोकिएको थियो।

‘२०६८ सालतिर उनको आतंक नै रहेछ यहाँ। अदालतले दोषी ठहर गरेपछि फरार रहेका थिए,’ एसपी भट्टले भने, ‘अहिले खोजी गर्नेक्रममा फेला पारी पक्राउ गरेका हौं।’

२०६८ असार १२ गते उनीविरूद्ध चोरी मुद्दामा ६ वर्ष कैद सजाय सुनाएको थियो। असार २७ गते नै अन्य चार वटा कसुरमा १२, १२, १७ र १४ वर्ष कैद सजाय तोकिएको थियो।

यसरी कुल ६१ वर्षकै कैद तोकिएको भएपनि उनी त्यति वर्षसम्म भने बस्नुपर्नेछैन। कानुन अनुसार उनी सबै भन्दा धेरै सजाय तोकिएको कैद भुक्तान गरे पुग्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै