Comments Add Comment

Advertisment

SKIP THIS

पूर्ववनमन्त्री महतोले भने – छोराको समकक्षता पत्र लिँदा ५ हजार घुस दिएँ, कसैले पत्याउँछ ?

६ साउन , काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)का सांसद वीरेन्द्रप्रसाद महतोले शिक्षा मन्त्रालयअन्तर्गत सानोठिमी कार्यालयमा ५ हजार रुपैयाँ घुस दिएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै महतोले पूर्ववनमन्त्री समेत रहेका महतोले यस्तो बताएका हुन् ।

छोराको समकक्षता पत्र लिन सानोठिमी गए पनि समयमा काम नभएपछि ५ हजार रुपैयाँ घुस दिएको र काम बनेको महतोले आइतबारको प्रतिनिधि सभा बैठकमा सुनाए।

पूर्ववनमन्त्री महतोले भने,‘ म एउटा सानो उदाहरण दिन चाहन्छु । म भूपू मन्त्री । हिजो शिक्षा मन्त्रालयको सानो ठिमीमा पाँच हजार घुस दिएर आएको छु कसले पत्याउँछ रु पत्याउनुहुन्छ रु मेरो छोराको सर्टिफिकेट इकुभ्यालेन्ट गर्नुपर्ने थियो । ११ बजे पठाएको ३ बजेसम्म गर्दिएन ।’

उनले कर्मचारीले यो मिलेन त्यो मिलेन भनेपछि आफै गएर सबै कागजात पेस गर्दा पनि अधिकृतले कागज नमिलेको भन्ने जवाफ पाएको बताए ।

त्यसपछि बिचौलियालाई पाँच हजार दिएपछि काम भएको उनले सुनाए । उनले देशलाई समृद्ध बनाउने हो भने निजामती कर्मचारीलाई परिवार चलाउन गरी तलब दिनुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै