Comments Add Comment

Advertisment

SKIP THIS

भारतीय सिमकार्डको प्रयोग गरेर ५ करोड फिरौती माग्दै ज्यान मार्ने धम्की दिने दुई जना पक्राउ

पोखरा । भारतीय सिमकार्डको प्रयोग गरेर पोखरामा ५ करोड फिरौती माग्दै ज्यान मार्ने धम्की दिने दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका घर भएका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्री छन् ।

आज पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाबारे सार्वजनिक गरेको छ।

उनीहरुले पोखरा महानगरपालिका–१६, लामाचौरका प्रकाशदीप गैरेलाई माघ १८ गतेदेखि फोन तथा म्यासेजमार्फत धम्क्याएको आरोप छ ।

गैरेले पोखरा–१६ दीपमा सच्चाई सेवा केन्द्र चलाउँदै आएका छन् । उनी उक्त केन्द्रको केन्द्रीय अध्यक्षसमेत हुन् ।

उनीहरुले फोन तथा एसएमएसमार्फत गैरेसँग ५ करोड रुपैयाँ फिरौती मागेका थिए ।

पक्राउ परेका २ जनाले फोन तथा म्यासेजमा हिन्दी भाषामा कुराकानी गरेर फिरौती माग्ने र नदिए ज्यान मार्ने धम्की दिँदै आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै