- Home
- Showing Post From:-प्रदेश २
प्रदेश २
सिराहाको औरही गाउँपालिका-५ स्थित गागन खोलामा सशस्त्र प्रहरीले चेकजाँचका क्रममा करिब ४ किलो शङ्कास्पद काँचो मासुसहित दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा औरही गाउँपालिका-५ मुस्लिम टोलका २५वर्षीय मोहतर अलि र सोही टोलका बस्ने २९ वर्षीय मोहमद अफरोज खान रहेका छन्। उनीहरू मधेस प्रदेश ०१-००४ प ९५०६ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला चेकजाँच गर्ने क्रममा शङ्कास्पद मासुसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद मासु गाईको मासु जस्तो देखिएको र भारतबाट ल्याइएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको प्रहरीले जनाएको छ। यद्यपि मासु कुन जनावरको हो भन्ने विषयमा परीक्षण तथा थप अनुसन्धानपछि मात्र यकिन हुने …
तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर मधेस जागरण अभियानले गृहमन्त्री सुधन गुरुङलाई २४ घण्टे अल्टिमेटम दिएको छ। अभियानले गरिमाको घटनास्थलमा पुगेर पीडित परिवारसँग प्रत्यक्ष संवाद गर्न गृहमन्त्रीलाई आग्रह गरेको हो।
मधेस जागरण अभियानका संयोजक कृष्ण मोहन सहनीले जारी गरेको प्रेस विज्ञप्तिमा गरिमा चौधरीको नृशंस हत्याकाण्डले सिंगो मधेस प्रदेशलाई शोकाकुल तथा आक्रोशित बनाएको बताएकाे छ । यस्तो जघन्य अपराधमा संलग्न दोषीलाई संरक्षण दिने तथा पीडित परिवारलाई न्याय दिलाउने विषयमा सरकार गम्भीर नहुनु दुःखद् र निन्दनीय भएको अभियानले उल्लेख गरेकाे छ।
अभियानले सरकार, विशेषगरी गृहमन्त्रीले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै …
५ भाद्र , काठमाडौ । सर्लाही सदरमुकाम मलंगवामा ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोडैता नगरपालिका–५ की २३ वर्षकी गुरिया कुमारी रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी वेदप्रसाद गौतमका अनुसार मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोक अगाडि बिहीबार बिहान करिब १० बजे ज १त ५२४६ नम्बरको ट्याक्टरले पैदलयात्री कुमारीलाई ठक्कर दिएको हो ।
नगरपालिका चोकबाट राजश्री चोकतर्फ जाँदै गरेको उक्त ट्याक्टरले सोही दिशातर्फ पैदल हिँडिरहेकी कुमारीलाई ठक्कर दिँदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
घाइते कुमारीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर, बिहान …
भाद्र ३ , काठमाडौ । बाराको सिमरामा मृत अवस्थामा भेटिएकी ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
बालिकालाई चकलेटको प्रलोभन देखाएर बलात्कारपछि हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ। मंगलबार साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र नाम, थर र वतन नखुलेको अवस्थामा बालिका मृत फेला परेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दिलीप क्षेत्रीको कमाण्डमा सोको सहितको टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी नरेन्द्र कुँवरको कमाण्डमा समेत सोको सहितको टोली घटनास्थलमा …
०५ साउन , काठमाडौ । रूखमा लुकाएर राखेको अवस्थामा बन्दुक फेला परेको छ।
रूखमा लुकाएर राखेको अवस्थामा एउटा भरूवा बन्दुक फेला परेको हो। गौरीगंगा नगरपालिका ८ बढैयापुरस्थित शिवशक्ति सामुदायिक वनभित्रको एउटा सालको रूखमा लुकाएर राखेको अवस्थामा प्रहरीले बन्दुक फेला पारेको हो।
एक नाले भरूवा बन्दुक फेला परेको हो। निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार त्यो बन्दुक सोही वडाको देउराली टोलका २९ वर्षीय पदम दर्लामी मगरको भएको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका मगरमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं– नेपाल प्रहरीले सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने चाड तिहारमा आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा प्रहरीलाई तत्काल खबर गर्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी चाडपर्वलाई अपराधरहित बनाई हर्षोल्लासपूर्वक मनाउन आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरी कन्ट्रोल नम्बर १०० मा खबर गर्न सबैलाई आग्रह गरेको हो ।
परिसरले आफ्नो चिनाजानी भएको स्थानमा मर्यादित एवं सभ्य तवरले देउसीभैलो खेल्न, आफ्नो टोलमा तास, जुवा खेल्ने व्यक्तिहरूबारे प्रहरीलाई समयमै खबर गर्नसमेत आग्रह गरेको छ ।
पटाका तथा झिरझिरे पड्काउने …
भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले साउन महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक प्रतीक सिंहलाई घोषण गरेको छ ।
चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले इलाका प्रहरी कार्यालय मुग्लिङका प्रमुख इन्सपेक्टर प्रतिक सिंहलाई उत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेका छन्।
इन्सपेक्टर प्रतिक सिंहले डुम्रे बजारमा सुन चाँदीका गरगहना चोरी गरेर मुग्लिङ बजारमा लुकेर बसेका व्यक्तिहरूलाई नियन्त्रणमा लिई अन्दाजी मूल्य रु २२ लाख बराबरको सुनको गरगहना र धनमाल फेला पारेर अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय आबुखैरेनी पठाएको, एकै पटक ३ स्थानमा घोप्टे भिर, पानीधारा र रिद्दीखोलामा पहिरो खसी सडक आवत जावत बन्द भएको अवस्थामा …
काठमाडौँ । प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अभियान नरोक्ने स्पष्ट पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले गुण्डाहरूको गतिविधि निस्तेज पार्न काठमाडौँभरि नै अपरेशन जारी रहेको बताए।
“गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्, हाम्रो अपरेशन जारी छ, काठमाडौँमा यस्ता अवाञ्छित गतिविधि गरेकाहरूको नामावली सङ्कलन भइसकेको छ, खोजीखोजी कारबाहीको दायरामा ल्याइँदै छ”, अधिकारीले भने ।
विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस्
उक्त अभियानअन्तर्गत प्रहरीले शुक्रबार काठमाडौँको महराजगञ्जस्थित होटेल साम्बालाबाट ४७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ४७ जनामध्ये चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जनामाथि सार्वजनिक हितविपरीत गतिविधि गरेको कसुरमा …
समय हरेक दिनको गतिसगै मातिन्छ
समाजमा अनेकन् अस्वभावहरू देखिन्छन्
झिसमिसेमा अनेकन बिकृतिहरु उठिँदिन्छन
मान्छेहरूका बिभाँजित स्वरहरूको सहरमा
असरल्ल भावहरू समयसगै छताछुल्ल हुन्छन्।
दैनिक क्रियाहरूमाअनेकन द्घन्द्ध स्थापित हुन्छ
हरेक कृयाले आफ्नै द्धन्द्ध सृजना गरिदिन्छ
द्धन्द्धले आफ्नै स्वभाव सृजना गरिदिन्छन
समाजमा अनेकन धारहरूको सृजना हुन्छ
असरल्ल धारहरू समयसगै छताछुल्ल हुन्छन्।।
सोचहरूमा अनेकन बिभेदहरू देखा पर्छन्
सोचले दृष्टिलाई आफैभित्र दिग्भ्रमित बनाँउछ
बिभेदले बिबेकलाई साघुँरो बनाई बिगारी दिन्छ
समाजमा मिश्रित स्वभाहरूको सृजना हुन्छ
असरल्ल बिबेक समयसगै छताछुल्ल हुन्छन्
सम्बन्धका खोलमा अभिनय स्थापित हुन्छ
समयले यो आबश्यकता बनाई बोकाईदिन्छ
समाज र समय हरपलमा अभिनयमा मस्त
आफ्नो समयलाई कोणहरूमा छलीँरहन्छन
असरल्ल सम्बन्धहरू समयसगै छताछुल्ल हुन्छन्।।
समय दिनसगै कहिले स्वभाबमा मातिन्छ
कहिले अबस्थालाई आफै बिगारेर मातिन्छ
समय दिनसगै कहिले …









