Comments Add Comment

कर्णाली

List Grid
मन्त्री छनोटमा कुरा नमिलेपछि कर्णालीमा शपथ कार्यक्रम स्थगित

भाद्र ८ , काठमाडौ । कर्णालीमा सोमबार बिहान ११ बजेका लागि राखिएको मन्त्रीको शपथ कार्यक्रम स्थगित गरिएको छ । मन्त्री छनोटमा कुरा नमिलेपछि शपथ कार्यक्रम नै स्थगित भएको हो ।
यसअघि मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयमा फोन गरेर शपथका लागि समय माग गरेका थिए । प्रदेश प्रमुखको कार्यालयले ११ बजेका लागि समय तोक्यो । तर मुख्यमन्त्री शाहीले मन्त्रीको सिफारिस पठाउन सकेनन् । अहिले मुख्यमन्त्री शाही स्वयम् प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेश प्रमुख यज्ञराज जोशीसँग भेट गरी शपथ कार्यक्रम स्थगन गरिदिन आग्रह गरेको स्रोतले बताएको छ ।
‘हाम्रो कुरा मिलेन हजुर, कार्यक्रम …

गाडीको ठक्करबाट आमा छोरीको मृत्यु

रुकुम पश्चिममा आइतबार बिहान गाडीको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका –४ बलेटक्चाकाकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञावलीको उपचारका क्रममा रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको जिल्लाका प्रवक्ता प्रहरी निरीक्षक झबेन्द्र परियारले बताए।
आइतबार बिहान साढे ८ बजेतिर जिल्लाको सानीभेरी गाउँपालिका – ८ एकान्तस्थित मध्यपहाडी सडकखण्डमा क।प्र।०२००१ ख १०७० नम्बरको यात्रुबाहक गाडीमा आमा(छोरी सवार थिए।
आमा(छोरी रुकुम पश्चिमको सदरमुकाम मुसिकोटबाट सुर्खेत हुँदै गुल्मी जाँदै थिए।
त्यही बीचमा छोरी शान्दिकाले शौच गर्ने बताएपछि आमा स्वस्तिकाले गाडी रोक्न भनेकी थिइन्।
त्यसपछि सिम्लीबाट चौरजहारी तर्फ जाँदै गरेको …

विद्युतीय गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु

सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ ।
सिम्लीबाट चौरजहारीतर्फ गइरहेकोे विद्युतीय सवारीसाधनले मुसिकोट खलङ्गाबाट सुर्खेतर्फ गइरहेको गाडीलाई आज बिहान ठक्कर दिँदा त्यसमा सवार गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई सल्लेस्थित जिल्ला अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने विद्युतीय गाडी र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् ।

डिएसपी दिनेश घिमिरेको दुई सय ३औं कविता : कसले पढला मलाई

कसले पढला मेरा आखाँहरूलाई
त्यहाँ धेरै प्रेमील दृष्टान्तहरू छन्
जीवनका कैयन् उतारचडाबहरू छन
मेरा अनुभब,अनुभूतिलाई कस्ले पढला।।
मेरा आखाँहरूबाट एक पटक मलाई हेर
म पनि त छु तिमी जस्तै यस संसारमा
मेरो कल्पनाले मलाई एकपटक हेर
मेरो पनि त संसार छ तिम्रो जस्तै।।
कस्ले पढला मेरा मनहरूलाई
त्यहाँ जीवनका धेरै आयामहरू छन्
सुझबुझका अमुर्त भेदहरू रहेका छन्
एक पटक मेरा मनहरूमा बसेर त हेर।।
कसैले पढिँदेला मलाई आफ्नै हो भनेर
भन्नुपर्ने कथाहरूले भरिएका छन छातीहरू
कस्ले पो पढिँदेला मेरा जीवनका गाँथाहरू
कोही छन् मलाई पढने क्षितिजमा हेरिरहन्छु
आकाशलाई भन्छु हे आकाश तिमी पढ मलाई
मेरा आखाँहरूबाट मैले बुनेको जीवनलाई पढ
आखाँहरूले नबोली बोकेका आँशुहरू पढ
तिमी बाहेक यो संसारमा …

डिएसपी दिनेश घिमिरेको दुई सय औं कविता : शुभकामना दिपावलीको

अलिअलि खुशीमा डर छ जस्तो
आफैलाई बुझाँउन नसकेको जस्तो
आफ्नैका भूमरीमा नरभुल्ल हुदै
हिडदै हिडदै आयो है तिहार।।
नमिल्ने केही कुराहरू मिलाउनु पर्ने
सम्बन्धहरूको गाठो फुकाउनु पर्ने
बर्षको दिनाङ्कमा उज्यालो बोक्दै
हिडदै हिडदै आयो है तिहार।।
प्रकृति जगमा ढकमक्क फुलेको
पंन्छी र जनावरमा सम्बन्ध खोजेको
उज्यालोमा रमाउँछ है जीवन भन्दै
हिडदै हिडदै आयो है तिहार।।
कोही कसैसंग बैरीभाव नहोस्
नाता र सम्बन्धको सगरमाथा बनोस्
प्रकृति र जीबमा अटुट सम्बन्ध बनोस्
शुभकामना सबैमा शुभ दिपावलीको।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।

काठमाडौँ प्रहरीद्वारा तिहारमा अवाञ्छित गतिविधि देखिएमा प्रहरीलाई खबर गर्न आग्रह

काठमाडौं– नेपाल प्रहरीले सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने चाड तिहारमा आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा प्रहरीलाई तत्काल खबर गर्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी चाडपर्वलाई अपराधरहित बनाई हर्षोल्लासपूर्वक मनाउन आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरी कन्ट्रोल नम्बर १०० मा खबर गर्न सबैलाई आग्रह गरेको हो ।
परिसरले आफ्नो चिनाजानी भएको स्थानमा मर्यादित एवं सभ्य तवरले देउसीभैलो खेल्न, आफ्नो टोलमा तास, जुवा खेल्ने व्यक्तिहरूबारे प्रहरीलाई समयमै खबर गर्नसमेत आग्रह गरेको छ ।
पटाका तथा झिरझिरे पड्काउने …

एसएसपी नवराज अधिकारीद्वारा प्रहरी कर्मचारीलाई रिफ्रेस बनाउन सिनेमाको टिकटदेखि हाइकिङसम्म

काठमाडौं । जेनजीको आन्दोलनपछि खस्किएको प्रहरीको मनोबल उच्च बनाउनको लागि एसएसपी नबराज अधिकारीले नौलो अनि फरक किसिमको अभियान सञ्चालन गरेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीले जुनियर प्रहरी कर्मचारीलाई बिहीबार राजधानीको कमलदीको सिटी सेन्टरको हलमा ५० जना प्रहरीलाई माइतीघर फिल्म हेर्न लगाउँदै ‘रिफ्रेसमेन्टडे’ मनाएका हुन्।
एसएसपी अधिकारीका अनुसार, निरन्तर फिल्डमा खटिने प्रहरीहरूलाई मानसिक सन्तुलन र मनोबल उच्चराख्न बेलाबेला मनोरञ्जनात्मक क्रियाकलाप आवश्यक पर्छ।
“हरेक दिन दबाबमा काम गर्नुपर्छ, त्यसैले यस्ता हल्का मनोरञ्जनका माध्यमहरूले उनीहरूलाई रिफ्रेस गराउँछन्,” उनले भने।
प्रहरी कर्मचारीलाई हौसला र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत आफूले फरक फरक ढंगले मनोरञ्जनात्मक कार्यक्रम मिलाउने …

इन्स्पेक्टर प्रतीक सिंह साउन महिनाको उत्कृष्ट प्रहरी घोषित

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले साउन महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक प्रतीक सिंहलाई घोषण गरेको छ ।
चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले इलाका प्रहरी कार्यालय मुग्लिङका प्रमुख इन्सपेक्टर प्रतिक सिंहलाई उत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेका छन्।
इन्सपेक्टर प्रतिक सिंहले डुम्रे बजारमा सुन चाँदीका गरगहना चोरी गरेर मुग्लिङ बजारमा लुकेर बसेका व्यक्तिहरूलाई नियन्त्रणमा लिई अन्दाजी मूल्य रु २२ लाख बराबरको सुनको गरगहना र धनमाल फेला पारेर अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय आबुखैरेनी पठाएको, एकै पटक ३ स्थानमा घोप्टे भिर, पानीधारा र रिद्दीखोलामा पहिरो खसी सडक आवत जावत बन्द भएको अवस्थामा …

बढी बिल्डर कविराज कटुवाल अनुचित लेनदेन मुद्दामा पक्राउ

बढी बिल्डर कविराज कटुवाल अनुचित लेनदेन मुद्दामा पक्राउ
अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका वडा नं ५ घर भई हाल काठमाडौँ जिल्ला सुकेधारा बस्ने अन्दाजी वर्ष ३४ का कविराज कटुवाललाई प्रहरीले हेटौडाबाट पक्राउ गरेको छ।
अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय ललितपुरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौडाको एरियाबाट पक्राउ गरेको हो ।