Comments Add Comment

मनाेरञ्जन

List Grid
काठमाडौं आइपुगे भारतीय गायक शान

नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएर नेपाली स्रोतामाझ लोकप्रिय बनेका चर्चित भारतीय गायक शान्तनु मुखर्जी (शान) साङ्गीतिक कार्यक्रमका लागि काठमाडौं आइपुगेका छन्।
ठमेलस्थित क्लब नोभामा शनिबार राति आयोजना हुने साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आएका हुन्। गायक शान यसअघि आफ्नो साङ्गीतिक करिअर उचाइमा रहेको बेला सन् २०११ मा नेपाल आएका थिए।
सन् १९९९ को लोकप्रिय हिन्दी चलचित्र ‘प्यार मे कभी कभी’ मा समावेश नेपाली शब्द समेटिएको गीत ‘मुसुमुसु हाँसिदेऊ’ मा उनको स्वर रहेको छ, जसले नेपालमा निकै चर्चा कमाएको थियो। ‘मुसुमुसु हाँसिदेऊ’ भन्ने नेपाली शब्दावली र धुनका कारण यो …

सुरक्षा बनिन् युट्युबमा १० लाख सब्सक्राइबर हुने पहिलो नेपाली महिला मोटो-भ्लगर

५ भाद्र , काठमाडौ । नेपाली भ्लगर तथा राइडर सुरक्षा केसी युट्युबमा १० लाख सब्सक्राइबर पाउने पहिलो नेपाली महिला मोटो-भ्लगर बनेकी छन् । उनको ‘सुरक्षा केसी अफिसियल’ च्यानललाई १ मिलियनभन्दा धेरैले पछ्याएका छन् ।
नृत्य र राइडिङका छोटा भिडियो हालेर १० वर्षअघि उनले च्यानल थालेकी थिइन् । पछिल्लो समय उनले बनाउने मोटो-भ्लगका भिडियोलाई दर्शकले रुचाएका छन् ।
उनले पछिल्लो समय भारतको मनाली, नुर्बा भ्याली, लद्दाख लगायतको थलोका भिडियो हालेकी थिइन्, जसलाई दर्शकले रुचाएका छन् । म्याग्दी घर भएकी सुरक्षाका श्रीमान विविधजंग थापा (मोटो भ्लगर) लाई पनि युट्युबमा झन्डै १६ लाखले पछ्याएका छन् …

सुटिङ स्थलमा घाइते भए कार्तिक आर्यन

भाद्र ३ , काठमाडौ । बलिउड अभिनेता कार्तिक आर्यन घाइते भएका छन् । निर्देशक कविर खानको निर्देशनमा बनिरहेको स्पोर्ट्स ड्रामा फिल्मको सुटिङको क्रममा मुम्बईमा कार्तिकको घुँडामा चोट लागेको हो ।
उनको अस्पतालमा उपचार भइरहेको र एक दुई दिनमा घुँडाको शल्यक्रिया गरिने बताइएको छ । फिल्म छायाङ्कनको अन्तिम चरणमा थियो । फिल्मका महत्त्वपूर्ण दृश्य २ दिनभित्र छायाङ्कन गर्ने तालिका बनाइएको थियो । सञ्चारमाध्यमका अनुसार, कार्तिक फिल्मको विशेष दृश्यको तयारीका लागि एक्सन कोचसँग कडा तालिम लिइरहेका थिए । यस फिल्मको नाम भने अझै टुङ्गो लागेको छैन ।
‘कार्तिक अहिले फोर्टिस रहेजा अस्पतालमा भर्ना भएका …

नेपाल प्रहरीका डिएसपी जय रिमालको कविता : रातको प्रहरी

रात छिप्पीन लागेको छ,
एक निलो बर्दीधारी सुस्तरी आग्लो खोल्दै बाहिर निस्कन्छ,
झकाउन लागेको सन्तानले चिन्तित भावमा
“बाबा, कतिबेला फर्कने?” भन्ने जिज्ञासा सहित हेर्दा,
गेट समेत नि:शब्द हुन्छ,
सायद यसलाई पनि चित्त बुझेनछ क्यारे !
बहिनीको बिहेको सल्लाह हुँदै थियो,
पारीवारिक सल्लाह अपुरै थियो,
आफ्नो चाहना सुनाउन नपाएकी श्रीमती ठुस्किंदै थिइन,
उ भने अँध्यारो गल्लीमा, सुरक्षाका दीप जलाउँदै,
आफैंलाई समाहित गरी गस्ती गर्दै थियो ।
उसको पहरेदारीमा हजारौं परिवार निश्चिन्त निदाउँछन्,
पुलकित हुँदै घरी तन्द्रामा त घरी निद्रामा बरबराउँछन्,
आनन्दित हुन्छन्, सुगन्धित सपना देख्छन्,
तर उ भने, राष्ट्रको धड्कन बचाउन आफ्नै मुटु जलाउँदै छ ।
उ बोल्छ कम तर सुन्छ ज्यादा,
सायद प्रशिक्षणले उसलाई यस्तै बनाएको …

डिएसपी दिनेश घिमिरेको दुई सय ३औं कविता : कसले पढला मलाई

कसले पढला मेरा आखाँहरूलाई
त्यहाँ धेरै प्रेमील दृष्टान्तहरू छन्
जीवनका कैयन् उतारचडाबहरू छन
मेरा अनुभब,अनुभूतिलाई कस्ले पढला।।
मेरा आखाँहरूबाट एक पटक मलाई हेर
म पनि त छु तिमी जस्तै यस संसारमा
मेरो कल्पनाले मलाई एकपटक हेर
मेरो पनि त संसार छ तिम्रो जस्तै।।
कस्ले पढला मेरा मनहरूलाई
त्यहाँ जीवनका धेरै आयामहरू छन्
सुझबुझका अमुर्त भेदहरू रहेका छन्
एक पटक मेरा मनहरूमा बसेर त हेर।।
कसैले पढिँदेला मलाई आफ्नै हो भनेर
भन्नुपर्ने कथाहरूले भरिएका छन छातीहरू
कस्ले पो पढिँदेला मेरा जीवनका गाँथाहरू
कोही छन् मलाई पढने क्षितिजमा हेरिरहन्छु
आकाशलाई भन्छु हे आकाश तिमी पढ मलाई
मेरा आखाँहरूबाट मैले बुनेको जीवनलाई पढ
आखाँहरूले नबोली बोकेका आँशुहरू पढ
तिमी बाहेक यो संसारमा …

गोदावरी चापागाउँ तिहार महोत्सवमा प्रमोद खरेलको बिशेष लाइभ कन्सर्ट हुने

गोदावरी, कार्तिक ११ — गोदावरी नगरपालिका वडा नं. १०, चापागाउँमा जारी व्यापार तथा सांस्कृतिक तिहार महोत्सव–२०८२ अन्तर्गत कार्तिक ११ गते (सोमबार) विशेष लाइभ कन्सर्ट आयोजना हुने भएको छ।
कार्यक्रममा सर्वाधिक चर्चित गायक प्रमोद खरेल तथा परम्परा ब्याण्डको बिशेष सांगीतिक प्रस्तुति रहनेछ।
आयोजक समितिका अध्यक्ष नमराज ढुङ्गानाका अनुसार कार्यक्रमलाई अझ आकर्षक बनाउन देशभरका चर्चित कलाकारहरूको सहभागिता रहनेछ। कार्यक्रममा ‘नमस्ते ढोगदिया’की गायिका कविता खत्री, ‘मकैबारी दर्याम दर्याम’की गायिका सुस्मा शाही ठकुरी, नमराज ढुङ्गाना, सविना दाहाल, अनिता पौडेल, सम्झना घिमिरे, सदिच्छा बजगाई, विनिता दाहाल, सरिता भारती, प्रताप हुमागाईलगायत दर्जनौँ कलाकारहरू एउटै मञ्चमा प्रस्तुत हुनेछन्।
कार्यक्रमको स्टेज …

डिएसपी दिनेश घिमिरेको दुई सय औं कविता : शुभकामना दिपावलीको

अलिअलि खुशीमा डर छ जस्तो
आफैलाई बुझाँउन नसकेको जस्तो
आफ्नैका भूमरीमा नरभुल्ल हुदै
हिडदै हिडदै आयो है तिहार।।
नमिल्ने केही कुराहरू मिलाउनु पर्ने
सम्बन्धहरूको गाठो फुकाउनु पर्ने
बर्षको दिनाङ्कमा उज्यालो बोक्दै
हिडदै हिडदै आयो है तिहार।।
प्रकृति जगमा ढकमक्क फुलेको
पंन्छी र जनावरमा सम्बन्ध खोजेको
उज्यालोमा रमाउँछ है जीवन भन्दै
हिडदै हिडदै आयो है तिहार।।
कोही कसैसंग बैरीभाव नहोस्
नाता र सम्बन्धको सगरमाथा बनोस्
प्रकृति र जीबमा अटुट सम्बन्ध बनोस्
शुभकामना सबैमा शुभ दिपावलीको।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।

एसएसपी नवराज अधिकारीद्वारा प्रहरी कर्मचारीलाई रिफ्रेस बनाउन सिनेमाको टिकटदेखि हाइकिङसम्म

काठमाडौं । जेनजीको आन्दोलनपछि खस्किएको प्रहरीको मनोबल उच्च बनाउनको लागि एसएसपी नबराज अधिकारीले नौलो अनि फरक किसिमको अभियान सञ्चालन गरेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीले जुनियर प्रहरी कर्मचारीलाई बिहीबार राजधानीको कमलदीको सिटी सेन्टरको हलमा ५० जना प्रहरीलाई माइतीघर फिल्म हेर्न लगाउँदै ‘रिफ्रेसमेन्टडे’ मनाएका हुन्।
एसएसपी अधिकारीका अनुसार, निरन्तर फिल्डमा खटिने प्रहरीहरूलाई मानसिक सन्तुलन र मनोबल उच्चराख्न बेलाबेला मनोरञ्जनात्मक क्रियाकलाप आवश्यक पर्छ।
“हरेक दिन दबाबमा काम गर्नुपर्छ, त्यसैले यस्ता हल्का मनोरञ्जनका माध्यमहरूले उनीहरूलाई रिफ्रेस गराउँछन्,” उनले भने।
प्रहरी कर्मचारीलाई हौसला र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत आफूले फरक फरक ढंगले मनोरञ्जनात्मक कार्यक्रम मिलाउने …

नेपाल प्रहरीका डिएसपी जयश्वर रिमालको कविता : (म-हामी) प्रहरी

मुटु भक्कानिएको छ, मन बहकिएको छ,
बोल्न अनि लेख्न धेरै मन छ !
तर भावनामा बहकिने छुट कहाँ छ र मलाई ?
जिम्मेवारी निर्वाहको क्रममा लागेको चोटमा
आँशु बगाउने छुट समेत छैन मलाई ।
सायद, म एक संवेदनाहिन मानव हुँ !
कर्तव्यको बलिबेदीमा रगत र पसिना धेरै बगाएँ,
तर यहाँ बलिदानीको रगतमा पनि भेदभाव हुँदो रहेछ !
अरुका रगतले व्यवस्थामै परिवर्तन ल्याउँदा पनि
हाम्रा रगत भने सदा मूल्यहिन हुँदा रहेछन् ।
उस्तै जिम्मेवारीमा रहेका अरुले जिम्मेवारी पूरा गरे पनि हुने नगरे पनि हुने,
तर हामीले भने हरेक कठिन परिस्थितिमा ढाल बनी उभिनुपर्ने,
जिम्मेवारी पूरा गर्दा पनि नगर्दा पनि कानुनी कसीमा बाँधिनुपर्ने,
गल्ती भए …