एनसेलले ल्यायो एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना
२० बैशाख , काठमाडौं । एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ ।
यो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नका लागि ४ जीबी डेटाका साथै रिचार्जमा बोनस लगायतका विभिन्न फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
यो योजना गत शुक्रबार देखि नै सञ्चालनमा आएको हो । एसईई २०७९ को परीक्षाको प्रवेशपत्र भएका सबै विद्यार्थीले आफ्नो वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी, एकप्रति पासपोर्टसाइज फोटो सहित नजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाईन्टहरुबाट यो पहिलो सिम लिन …