Comments Add Comment

Advertisment

SKIP THIS

“मुल घर” स्वानिका बास्तोलाको निर्देशनमा प्रदर्शन, दर्शकको मन जित्न सफल

बैशाख १४, काठमाडौ ।नयाँ नेपाली शिरियल ”मुल घर” ले प्रदर्शन सुरु गरेसँगै छोटो समयमै दर्शकहरूको मन जित्न सफल भएको छ । स्वानिका बास्तोलाको निर्देशनमा बनेको यस शिरियलमा धेरै प्रतिभाशाली कलाकारहरूको सहभागिता रहेको छ ।

मुल घरले गाउँको घर, परिवार र परिवेशलाई आधार बनाएर एउटा मार्मिक कथा प्रस्तुत गरेको छ । यसको कथावस्तु, चरित्र चित्रण, र दृश्य संयोजनले छोटो समयमै दर्शकहरूलाई आकर्षित गर्न सफल भएको छ । निर्देशक बास्तोलाले यस शिरियलमा नेपाली समाजको परम्परागत मूल्यहरूलाई समकालीन शैलीमा प्रस्तुत गरेकी छन्।

यस शिरियलका प्रमुख कलाकारहरूले आ–आफ्नो भूमिकामा उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन्, जसले गर्दा दर्शकहरू यसप्रति धेरैै उत्साहित देखिएका छन् । मुल घरको प्रत्येक एपिसोडले नयाँ कथानक र रोमाञ्चकतासँग दर्शकहरूलाई जोड्ने प्रयास गरेको छ । अहिले मुलघर १९ औं अपिसोड पुगेसगैं सोसियल मिडियामा चर्चा बटुल्दै आएको छ । दर्शकहरूले यसको कथा र प्रस्तुतिलाई सराहना गर्दै आगामी एपिसोडहरूको प्रतीक्षामा रहेका छन् ।

मुल घर हाल प्रत्येक हप्ता मुलघर अफिसियल युटुब च्यानलबाट प्रसारण हुदै आएको छ ।

स्वानिका बास्तोलाको निर्देशन : यथार्थ र कलात्मकताको संगम

प्रख्यात निर्देशक स्वानिका बास्तोलाले मुल घर मा आफ्नो सशक्त निर्देशन क्षमताको परिचय दिएकी छिन् । उनले गाउँको वातावरण, पात्रहरूको भावना र कथाको गहिराइलाई क्यामेरामा उतार्न सफल भएकी छिन् । शिरियलको प्रत्येक दृश्यमा नैसर्गिकता र यथार्थताको छाप छ, जसले गर्दा दर्शकहरू आफूलाई कथासँग जोड्न सकिरहेका छन्।

मुल घर शिरियलका कलाकारहरु क्रमश :-

विनोद श्रेष्ठ , स्वानिका बास्तोला, अभिषेक जोशी , सुमित्रा अधिकारी , मोहन कृष्ण श्रेष्ठ , आरजे सिंह ठाकुर , राम बुढाथोकी , सुर्य श्रेष्ठ , मीना जी सी , दिप शेर्पाली , नारायण खाती , छाया भुजेल , रीमा दाहाल हुन् भने शब्दमा लोकराज अघिकारी , संगीतकार योगेश काजी शाह , सुरज टखित्री रहेका छन् ।

सम्पादक :- दिप शेर्पाली , स्वरमा सदिक्षा कटेल रहेको मुलघरमा निमार्ता स्वानिका बास्तोलाको रहेको छ ।

पुरा भिडियो हेर्नुहोस्:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै