Comments Add Comment

Advertisment

SKIP THIS

रग्बीका अध्यक्ष बने राखेप सदस्यसचिव

१३ मंसिर ,काठमाडौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवमा नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ नियुक्त भएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकले तीन प्रतिस्पर्धीमध्येबाट घिसिङलाई राखेपको १९ औं सदस्यसचिवका रुपमा नियुक्त गरेको हो ।

खेलकुद विज्ञद्वय डा। अच्युतम लामिछाने र ममता श्रेष्ठलाई पछि पार्दै माओवादी केन्द्र निकट घिसिङले राखेपको कार्यकारीमा चार वर्षका लागि जिम्मेवारी पाएका हुन् । सम्भवतस् मंगलबार उनले शपथ ग्रहण गर्नेछन् ।

कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेयता राखेपको कार्यकारी पद रिक्त थियो । करिब डेढ महिनापछि राखेपले नयाँ कार्यकारी पाएको हो ।

डा। दामोदर रेग्मी सचिवका रुपमा आएपछि मंसिर ३ गते दर्खास्त आह्वान गरिएकोमा मंसिर १० गतेको समयसिमासम्म १८ जनाले आवेदन दिएका थिए । सचिव रेग्मी तथा विज्ञ सदस्यद्वय कमला ज्ञवाली र हरिबहादुर श्रेष्ठ सम्मिलित छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै