Comments Add Comment

Advertisment

SKIP THIS

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख बामदेव गौतमको १६ महिनापछी स-सम्मानका साथ बिदाई

१ माघ, काठमाडौ । सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी बामदेव गौतमले सुदूरपश्चिम ट्राफिकमा १६ महिनामा उत्कष्ट कार्य गर्न सफल भएका छन् ।

एसपी बामदेव गौतमले आफ्नो कार्यकालमा सुदूरपश्चिम ट्राफिकमा विभिन्न प्रकारका सवारी नियम उल्लंघन गरेका २ लाख १५ हजार ९२३ वटा सवारी साधनहरुलाई कानुन बमोजिम कारबाही गरे । एसपी बामदेवले ट्राफिक सचेतना कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाए । ट्राफिक अभियान कक्षा संचालन गरी २ लाख ३४ हजार ४३ जना व्यक्तिलाई सचेत गराए । जथाभावी बाटो काट्ने पैदलयात्रीलाई बाटोमै सचेतना कक्षा दिने होस् या ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई कारबाही गर्ने कुरा होस्, उनी खरो उत्रिए ।

सडक प्रयोगकर्ताहरुलाई सचेतना कक्षाका माध्यमबाट ट्राफिक नियम र सडक अनुशासन सम्बन्धी चेतना अभिवृद्धि गर्न उनले विभिन्न प्रभावकारी उपाय अपनाए । उनले गण्डकी प्रदेशमा दुर्घटना हुन नदिन शाखा सडकबाट मुल सडकमा सहजै निस्कने ट्राफिक नियम रोक, हेर र जाउँलाई पालना गराउन एसपी गौतम प्रभावकारी देखिए ।

आफ्नो १६ महिनाको कार्यकायलमा प्रदेश ट्राफिक कार्यालयको भवनको स्तरोन्नती गरेको, कार्यालय हाताभित्र टेलिभिजन, प्रदेशको समग्र ट्राफिक व्यवस्थापनमा उल्लेखनीयय सधुार गरी कार्यालय तथा मातहतका सबै जिल्लामा ट्राफिक प्रहरी कार्यालयहरुमा जुनियर प्रहरी अधिकारीको नेतृत्वमा ३ जना प्रहरी कर्मचारी रहेको १२ वटा द्रूत प्रतिक्रिया टिम तयार गर्दै गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष ६।०३ प्रतिशतले सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालय सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment