नागढुंगा पहिरो पन्छाउने काम सुरु (तस्बिरहरु)
५ भदौ , काठमाडौ । काठमाडौँ उपत्यकाको मुख्य नाका नागढुंगा नजिकै राजमार्ग अवरुद्ध हुने गरि गएको पहिरो पन्छाउने काम सुरू भएको छ । नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको थियो ।
आज बिहान १० बजेदेखि ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरो खस्न केहि मात्रमा कम भएपछि पहिरो पन्छाउने काम सुरू गरिएको हो ।
मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
२७ असार ,काठमाडौ । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरोे खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।
पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने उनले बताइन् । अहिले गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् ।
सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु : राजमार्ग अवरुद्ध, टिप्पर जलाइयो
१ असार , काठमाडौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको ढकेरीमा गएराति टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
गएराति साढे ९ बजे राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९, ढकेरीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक लोकेन्द्र विष्टको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक विष्ट राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ निवासी हुन् । कोहलपुरबाट पूर्व जाँदै गरेको भे १ ख ३०९९ नम्बरको टिप्परले भे १० प १४१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घटना भएपछि स्थानीयले शवलाई सडकमै राखेर राजमार्ग बन्द गरेका छन् । आक्रोशित भिडले टिप्पर जलाएका छन् । चालक भने फरार रहेको र प्रहरीले खोज …
टिपरको ठक्करबाट एकजनाको मृत्यु : घटनाको बिरोधमा राजमार्ग अवरुद्ध
०३ फाल्गुन , काठमाडौं । दाङमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा टिपरको ठक्करबाट दूध बेच्न हिँडेकी एक महिलाको मृत्यु भएको हो ।
पुर्वबाट पश्चिम जाँदै गरेको रा १ क १२८६ नम्बरको टिपरले ठक्कर दिँदा राप्ती गाउँपालिका वडा नम्बर २ कटेशनाला निवासी ३५ वर्षीया डिला पौडेलको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।
साइकलमा दूध बेच्न भालुवाङ हिँडेकी महिलालाई उक्त टिपरले ठक्कर दिएको हो । घटना पछि मृतकका आफन्त तथा स्थानीयले राजमार्ग बन्द गरेका छन । दोषीलाई कडा भन्दा कडा कारवाहीको …
बाक्लो हिमपातले दुई राजमार्ग अवरुद्ध
२१ माघ , काठमाडौं । बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ । राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ ।
राजमार्ग अवरुद्ध भएपछि दजनौँ सवारीसाधन तथा यात्रु अहिले यहाँको गैरा तथा बुडर बजारमा रोकिएका छन् । उक्त राजमार्गअन्तर्गतको साहुखर्क, गैरा, हगुल्टेमा भारी हिमपात भएको छ । यसैगरी डोटीको सिलगढी तथा अछामको साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग पनि हिमपातका कारण अवरुद्ध भएको छ । …
जनमत पार्टीबाट पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
२० माघ , काठामाडौं । किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले आज पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेको छ ।
जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले मधेसका साथै अन्य प्रदेशका जिल्लाहरूमा ठाउँ–ठाउँमा चक्काजाम गरेका हुन् । उनीहरूले प्रदर्शन गर्नुका साथै सडक छेउमा टेन्ट राखेर बसेका छन् । झण्डै डेढ महिनादेखि आन्दोलन भइरहँदा पनि सरकारले माग पूरा नगरेपछि बाध्य भएर राजमार्ग बन्द गर्नु परेको उनीहरूले बताएका छन् ।
जनमत पार्टीका नेता बीपी साहका अनुसार पुस ९ गतेदेखि किसानहरूले विभिन्न चरणको विरोधका कार्यक्रमहरू गरिसकेका छन् । तर, हालसम्म पनि सरकारले सुनवाइ नगरेपछि बिहीबारबाट सडकमै बस्ने खाने गरी …