Comments Add Comment

Advertisment

SKIP THIS

डिज्नेले हिन्दी फिल्म वितरण गर्ने

२५ बैशाख , काठमाडौं । रनवीर कपुर र आलिया भट्टको मुख्य भूमिका रहेको ‘ब्रम्हास्त्र’ लाई विश्वभर डिज्नेले वितरण गर्ने भएको छ ।

सेप्टेम्बर ९ मा प्रदर्शन हुने फिल्मसँगै हिन्दी फिल्म दि वाल्ट डिज्नेले वितरणको जिम्मा लिएको पहिलोपटक हो । आयान मुखर्जी निर्देशित दुई भागमा बनेको फिल्मको पहिलो भाग ‘ब्रम्हास्त्र भाग १ः शिवा’ डिज्नेले वितरण गर्न लागेको हो ।

फक्स स्टार स्टुडियोले निर्माण गरेको यो फिल्ममा अमिताभ बच्चन र नागार्जुन पनि महत्वपूर्ण भूमिकामा रहेका छन् । पौराणिक मिथमा आधारित फिल्ममा भिज्यवुल इफेक्टस्को राम्रो प्रयोग भएको चर्चा छ । निर्माण टिमले केही दिनमै यसको ‘केसरिया’ बोलको गीत सार्वजनिक गर्दैछ । हिन्दीबाहेक यो फिल्म तमिल, तेलगु, मलयालम र कन्नडा भाषामा पनि रिलिज हुने चर्चा छ ।

डिज्नेले ‘ब्रम्हास्त्र’ सँगै ‘थोर लभ एन्ड थन्डर’, ‘ब्ल्याक प्यान्थर’, ‘अवतार’ आदि फिल्म रिलिज गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै