Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं–६ मा चुनावी माहोल तात्दै, हिमाल शर्माको समर्थन बढ्दो

काठमाडौं । आगामी निर्वाचन नजिकिँदै जाँदा काठमाडौं निर्वाचन क्षेत्र–६ मा नेपाली कम्निस्ट पार्टीका तारा चिन्हका उम्मेदवार हिमाल शर्मा प्रति जनसमर्थन उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ।

स्थानीय बासिन्दाहरू विकास, पारदर्शिता र जनउत्तरदायित्वको मुद्दा उठाउँदै आएका शर्मालाई आशाको रूपमा हेर्न थालेका छन्।

क्षेत्रका विभिन्न टोल–बस्तीमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरिरहेका शर्माले पानी, सडक सुधार, रोजगारी सिर्जना, शिक्षा र फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भ्रष्टाचारविरुद्ध कडा रूपमा उभिने र युवालाई केन्द्रमा राखेर विकासका कार्यक्रम अघि बढाउने उनको एजेन्डाले मतदाताको ध्यान आकर्षित गरिरहेको छ।

स्थानीय युवाहरूले “अब काम गर्ने नेतृत्व चाहियो” भन्दै समर्थन जनाइरहेका छन् भने ज्येष्ठ नागरिकहरूले क्षेत्रको दीर्घकालीन विकासका लागि भरोसायोग्य नेतृत्व आवश्यक रहेको बताएका छन्। जनताको समस्या सुन्ने र समाधानका लागि पहल गर्ने शैलीका कारण शर्मालाई जनताको नजिकको उम्मेदवारका रूपमा लिइएको छ।

निर्वाचन नजिकिँदै गर्दा क्षेत्र–६ मा चुनावी माहोल तात्दै गएको छ। मतदाताहरूले विकास र विश्वासको आधारमा निर्णय गर्ने बताइरहेका छन्, र धेरैको आशा तारा चिन्हमार्फत सकारात्मक परिवर्तन ल्याउने नेतृत्वमा केन्द्रित भएको देखिन्छ।

तेसैले सबै मतदाता भेटेर नेपाली कम्निस्ट पार्टीका नेता हिमाल शर्माले चुनावमा तारा चिन्हमा मत जाहेर गरिदिन आम मतदातालाई आग्रह गरिरहनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै