Comments Add Comment

Advertisment

SKIP THIS

विभिन्न मुद्दामा फरार तीन प्रतिवादी पक्राउ

०६ फाल्गुन , काठमाडौं । जिल्ला प्रहरी कार्यालय लमजुङले विभिन्न मुद्दामा फरार रहेका तीन प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीले दुई जनालाई काठमाडौँ र एक जनलाई पोखराबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुन्दरबजार नगरपालिका ७ घर भएका पवन घर्ती, राइनास नगरपालिका-६ का मनबहादुर बराल र बेसीशहर नगरपालिका-४ का ३२ का सुरज गुरुङ रहेका छन् ।

पक्राउमा परेका तीनै जनालाई लमजुङ जिल्ला अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय लमजुङले अभियान नै सञ्चालन गरी फरार प्रतिवादी पक्राउ गर्दै आएको डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

घर्तीलाई सवारी ज्यानसम्बन्धी मुद्दामा १ वर्ष २ महिना ७ दिन कैद सजाय हुने ठहर भई ०७७ पुस ५ गते सर्वोच्च अदालतले फैसला गरेको थियो भने अर्का प्रतिवादी बरालाई बैंकिङ कसूर मुद्दामा ८० हजार ५ सय असुल उपर गर्न ०७६ पुस १८ गतेको उच्च अदालत पाटनको फैसला बमोजिम पक्राउ गरिएको कार्कीले बताए ।

लागूऔषध मुद्दामा फरार रहेका गुरुङलाई ५ महिना ४ दिन कैद र १२ हजार जरिवाना ठहर हुने गरी ०६९ जेठ ८ गते जिल्ला अदालत कास्कीबाट फैसला भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै