
काठमाडौं: खोटाङमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बराहपोखरी गाउँपालिका – २ सुन्तले बस्ने २० वर्षीय सन्तोष आले मगर छन् ।
उनलाई बिहीवार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
आले मगरले ती बालिकालाई गत पुस २९ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हुक्नाजोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।