Comments Add Comment

Advertisment

SKIP THIS

ग्यास बुलेटमा लगानी, बालुवामा पानी

५ असार , काठमाडौँ  । खाना पकाउने ग्यासको मूल्यमा मात्र होइन, ग्यास ढुवानीमा पनि मुलुकले ठूलो रकम भुक्तानी गर्दै आएको छ । ग्यास ढुवानीमा भारतीय बुलेटको एकाधिकार रहेका कारण मुलुकले भाडामात्र वार्षिक छ अर्ब रुपियाँभन्दा बढी भुक्तानी गर्नुपरेको छ ।

भारतीय बुलेटले एलपी ग्यास ढुवानी गर्दा पाउने दैनिक भाडा करिब एक करोड ८० लाख रुपियाँ हुन्छ । त्यस आधारमा मासिक करिब ५५ करोड र वार्षिक छ अर्ब रुपियाँ पर्छ । नेपाल एलपी ग्यास उद्योग सङ्घका अनुसार नेपाल भारतको छोटो दूरी बरौनीबाट काठमाडौँ ग्यास ल्याएको एक ट्रिपमा बुलेटले एक लाख ५० हजार रुपियाँ भाडा लिन्छ । तर लामो दूरी अर्थात् उडिसाबाट ल्याएको हो भने एक पटकमा करिब तीन लाख रुपियाँ भाडा लैजान्छ ।

२०७७/०७८ मा नेपाल आयल निगमले ३४ अर्ब २४ करोड रुपियाँको चार लाख ८१ हजार मेट्रिक टन ग्यास आयात गरेको छ । सोही आवमा भारतसँग नेपालको व्यापार घाटा १४ खर्ब ३१ अर्ब रुपियाँ रहेको छ । यसमा नेपाली व्यवसायीले ग्यास बुलेटका लागि गरेको लगानीको तथ्याङ्क समावेश छैन । याे खबर आजकाे गाेरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै