Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा: काठमाडौंमा भरत बोहरा, अपराधमा जनक भट्टराई

२२ असार , काठमाडौँ । सरकारले ६ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । नेपाल सरकार, गृह मन्त्रालय (मन्त्रीस्तर)को निर्णयले एसएसपीको सरुवा गरेको हो ।

सरुवा सूचीमा काठमाडौं उपत्यकाको महत्वपूर्ण मानिने जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहोरालाई पठाइएको छ।

यस्तै अर्को महत्वपूर्ण मानिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक भट्टराईको सरुवा भएको छ ।

यस्तै एसएसपी अनुराग द्विवेदीको मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरो, विकास खनालको लागुऔषध नियन्त्रण ब्युरो र विष्णु केसीको अपराध अनुसन्धान विद्यालयमा सरुवा भएको छ।

यसैगरी एसएसपी कुवेर कडायतको केन्द्रीय अनुसन्धान ब्युरोबाट विपद् व्यवस्थापन कार्यालय सामाखुसीमा सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनायो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै