Comments Add Comment

Advertisment

SKIP THIS

सुरेन्द्र पाण्डेले भने बजेट खर्च गर्न पैसा नहुने अवस्था आइसक्यो

२७ चैत , काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको बिग्रँदो अर्थतन्त्रसँगै बजेट खर्च गर्न पैसा नहुने अवस्था आइसकेको बताएका छन् । आइतबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

नेता पाण्डेले बढ्दो आयात, चालू खाता घाटा तथा घट्दो रेमिट्यान्सले पारेको विदेशी मुद्राको सञ्चितिको दाबाबले अर्थतन्त्रमा संकट आउने त्रासलाई रोक्न राष्ट्र बैंकले चालेको कदममा सरकार उल्टै जाइलागेको आरोप लगाए ।

तीव्र आयातका कारण यसवर्ष २२ खर्ब माथिको आयात हुने देखिएकोमा राष्ट्र बैंकले त्यसलाई नियन्त्रण गर्न लागेको उनको भनाइ छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापार सन्तुलन गुमेको बताउँदै वैदेशिक लगानी कमजोर भएकाले बजेट खर्चमा समेत समस्या रहेको उनले बताए । पछिल्लो तथ्यांकअनुसार ३३ अर्ब रुपैयाँ बजेट बचतमा रहेको ठेक्का पट्टाको ५० अर्ब रुपैयाँ माग रहेकाले अब खर्च रोक्नुपर्ने अवस्था आएको उनले धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै