Comments Add Comment

Advertisment

SKIP THIS

सी डिभिजन लिग : मनोहरा र स्वयम्भूको बराबरी

१२ बैशाख , काठमाडौं । शहीद स्मारक सी डिभिजन लिगमा मनोहरा युनाइटेड क्लब र स्वयम्भू क्लबले बराबरी खेलेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार दिउँसो भएको खेलमा मनोहरा र स्वयम्भू बीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ४८ औँ मिनेटमा अनिश महर्जनको गोलले स्वयम्भूले अग्रता लियो ।

तर, निरन्तर आक्रमण गरेको मनोहरा खेलमा पुनरागमन गर्न सफल भयो । मनोहराका लागि सृजन बलम्पाकी मगरले खेलको ८४ औँ मिनेटमा गोल फर्काए ।

खेलको बाँकी समयमा अर्को गोल हुन सकेन ।

आजै हुने अर्को खेलमा आरसी ३२ फुटबल एकेडेमी र वीरगञ्ज युथ एकेडेमी दिउँसो ४ बजे भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै