Comments Add Comment

Advertisment

SKIP THIS

अछामका दीपेन्द्र शाहीको हत्या गरेर फरार रहेकी लक्ष्मी सुनार काठमाडौँबाट पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्या आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका-८ का दिपेन्द्रबहादुर शाहीको हत्या आरोपमा लक्ष्मी सुनार पक्राउ परेकी हुन्।

सुनारले आफ्नो छिमेकी रहेका १८ वर्षीय दीपेन्द्रबहादुर शाहीको हत्या गरेकी थिइन् । गत कार्तिक १७ गते बिहान ६ः४५ बजे हत्या गरेपछि उनी फरार रहेकी थिइन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले माछापोखरीबाट बुधबार पक्राउ गरेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । सुनारलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको रेग्मीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै