Comments Add Comment

Advertisment

SKIP THIS

फेसबुक मेसेन्जरमा आयो ‘बम्प’ फिचर : कसरी प्रयोग गर्ने ?

२२ साउन , काठमाडौं । दैनिक रूपमा प्रयोग भइरहने सामाजिक सञ्जालका एप तथा वेबसाइटमा परिवर्तन, अपडेट तथा अपग्रेड आइरहेका हुन्छन् । हामी प्रायः आफ्नै काममा व्यस्त भइरहने भएकाले कतिपय नयाँ फिचरबारे वास्ता हुँदैन ।

फेसबुकले मेसेन्जर एपका लागि हालै ‘बम्प’ फिचर सार्वजनिक गरेको छ । आज हामी यो कस्तो फिचर हो, कुन अवस्थामा काम लाग्छ भन्ने विषयमा जानकारी दिँदै छौँ ।

सामाजिक सञ्जालका विभिन्न एप्लिकेसनलाई प्रयोगकर्ता अनुकूल बनाउन समय समयमा नयाँ नयाँ फिचर आइरहन्छन्, जसले हाम्रो काम केही सहज बनाइदिएको हुन्छ ।

कतिपय अवस्थामा त्यस्ता फिचर धेरै उपयोगी नभएपछि हटाउने गरेको पनि पाइन्छ ।

यद्यपि टिकटक र फेसबुकमा त्यति समानता नभए तापनि दुवैलाई सामाजिक सञ्जालकै रूपमा बढी प्रयोग गरिएको पाइन्छ । पछिल्लो समय टिकटकका प्रयोगकर्ता बढ्दै जानु र फेसबुकका प्रयोगकर्ता घट्नुले पनि फेसबुकलाई नयाँ फिचरकाे आवश्यकता बोध भएको छ ।

अब बुझौं ‘बम्प’ फिचर के हाे त ?

मेसेन्जरमा भएको ‘बम्प’ले च्याट रिप्लाईको काम गरेको हुन्छ । उदाहरणका लागि तपाईंलाई मेसेन्जरमा कोही व्यक्तिले छुट्टाछुट्टै प्रश्न सोधिरहेको छ । र, त्यसको एउटा एउटा जवाफ दिनु छ भने रिप्लाई फिचर प्रयोग गरिन्छ ।

अब सो मेसेज बम्प गर्दा म यसको रिप्लाई दिँदैछु भन्ने अर्थ लाग्छ । कतिपय अवस्थामा कुरा गर्दा गर्दै महत्त्वपूर्ण कुरा अर्को व्यक्तिले पढ्न छुटाएको हुनसक्छ ।

त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, यदि कसैले तपाईंले पठाएको मेसेज पढ्न छुटाएको छ भने, मैँले यो मेसेज पठाएको छु भनेर नोटिफिकेसनका रूपमा पनि बम्पको प्रयोग गर्न सकिन्छ ।

मेसेन्जरमा यसरी बम्प गर्नुहोस् कुनै पनि च्याट

-सबैभन्दा पहिले आफ्नो फोनमा गई मेसेन्जर खोल्नुहोस् ।

-त्यसपछि बम्प गर्न चाहेको टेक्स्ट वा फोटोमा केहीबेर ट्याप गर्नुहोस् ।

-त्यसपछि तल दायाँपट्टि रहेको मोर (More) को अप्सनमा जानुहोस् ।

त्यहाँ गएपछि बम्प र रिमुभको अप्सन आउँछ । अब बम्पमा थिच्नुभयो भने सो मेसेज बम्प भएर पठाएको व्यक्तिको इन्बक्समा जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै