१३ भदौ , काठमाडौ । दुबई पठाइदिन्छु भन्दै नगद ३८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नवपलरासी(पश्चिम) प्रतापपुर गाउँपालिका-२ गोपिगञ्ज घर भई काठमाडौं गोंगबु बस्ने ५४ वर्षीय भोज बहादुर चौधरी रहेका छन् ।
दुबई पुगेपछि आर्मस गार्डमा नगद १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भनी प्रलोभनमा पारी पीडितहरूबाट ३८ लाख रुपैयाँ लिई फरार रहेका चौधरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको उक्त कार्यालयले जनाएको छ ।




