१४ असोज , काठमाडौँ । मार्क्स, लेनिन, बीपी, पुष्पलाल, कृश्न प्र भट्टराई , मनमोहन, मदन आदिका ब्यक्तिगत आचरण पच्छ्याएर विभिन्न वाद सृजना गर्नु आफैमा ठीक थियो या थिएन त्यो समयले बताउदै गएको पनि छ । तथापी , अहिलेको राजनीतिलाई नियाल्ने हो भने प्राय: दलहरु भागबन्डाको खेलमा नै अभ्यस्त भई गुट र उपगुटको खेती गर्न हौसिएका छन । जसले गर्दा न समयमा गोड्मेल हुनससक्यो , न त उब्जाउशील चक्लाबन्दी नै ! केवल प्लट्टिङ खेतको मुहाने गराको खेती मात्र मौलाएको देख्ने सुसारेहरुको परिश्रम मिथ्यामा खेर गइरहेको छ ।
उता बिश्लेषकहरु भने केही अनलाइनले बेमौसमको बाजा बजाएको भरमा नाच्दै हिड्छन ! ” न लाज , न त सरम, अन्तिम अबस्थामा पनि नाच्नै पर्यो कसो गरम ” भनेजस्तो चौतारी गफको औचित्य बल्ल झल्किदैछ । अर्कोतिर केही मानिसहरु सन्जालमा कसरी भाइरल भएर सामाजिक अभियन्ता बन्न सकिन्छ र फोस्रो औचित्यहीन नारा दिएर जनताको लाइक र कमेन्ट हजारौ हजार कसरी प्राप्त गर्न सकिन्छ भन्नतिर मात्र ध्यान केन्द्रीत भएको देखिन्छ । बिचरा ! सोझा जनतालाई के थाह ? ती केही अभियन्ताहरुको भा रु र डलरको खेती कसरी मौलाइरहेको छ भन्ने कुरा । हुन त, सडकमा जनता बहुलाएर यी कपटीहरु मौलाउने रोग हिजोदेखिको मात्र होइन ! यसको धारावाहिक ईतिहास छ । तैपनि गुट, उपगुट, बिचौलिया, दलाल, माफिया, किर्ते, ठगी, हत्या हिंसा र बलात्कार न हिजो बन्द भएको थियो , न त आज हुनसक्छ , न त भविश्यको पीडिलेसमेत ब्यहोर्नु नपर्ला भन्न सकिन्छ । अहिले दलको आड भरोसामै अपराधिक गतिबिधिमा लागेका मानिसहरुलेसमेत चुनावको टिकट पाइराखेको स्थिति छ । तसर्थ यी यावत क्षेत्रमा जबसम्म गुट र उपगुट, मिलाउ र कमाउको खेती मौलाउछ, तबसम्म न राजनीतिमा सुद्दीकरण पाउन सकिन्छ , न त सामाजिक र आर्थिक क्षेत्रको सुधार नै हुनसक्छ !






