Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी श्रीमती संघको आयोजनामा नि:शुल्क आँखा शिविर सम्पन्न

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघको आयोजना र तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा नेपाल प्रहरी श्रीमती संघको कार्यालय भृकुटीमण्डपमा संचालित नि:शुल्क आँखा शिविर शनिबार सम्पन्न भएको छ ।

शिविरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुमलता सिंहले निस्वार्थ रूपमा सेवा प्रदान गरी आँखा शिविर कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने समाजसेवी सुवास पाठक, तिलगंगा आँखा अस्पताल, सोही अस्पतालका विशेषज्ञ चिकित्सक तथा मेडिकल टिमका कर्मचारीहरू डा. स्वीकृती श्रेष्ठ, डा. सदिक्षा श्रेष्ठ, सरोज देवकोटा, बासुदेव अधिकारी, अमृत खनाल, गजेन्द्र कुमार महत्तो, स्नेहा थापा मगर, बिवश कार्की, सम्झना जोशी, जित बहादुर ठकुरी र लाल बहादुर तामाङलाई प्रशंसापत्र प्रदान गरिन् ।

साथै उनले नेपाल प्रहरी श्रीमती संघले प्रहरी कर्मचारी, प्रहरी परिवार तथा सर्वसाधरणलाई लक्षित गर्दै विभिन्न किसिमका स्वास्थ्य शिविर संचालन गर्दै आएको बताइन् । कुनै पनि व्यक्तिले समयमा आँखाको ज्योति गुमाउन नपरोस् भन्ने उद्देश्यले संचालन गरिएको यस शिविरबाट आँखा सम्बन्धी देखिने समस्याको पहिचान भई उपचारमा सहयोग पुग्ने अपेक्षा रहेको उनले उल्लेख गरिन् ।

शिविरमा तिलगंगा आँखा अस्पतालका विशेषज्ञ चिकित्सक तथा प्राविधिक कर्मचारीहरूबाट प्रहरी कर्मचारी, प्रहरी परिवार तथा सर्वसाधरण गरी कुल ३ सय १४ जनाको आँखा परीक्षण गर्नुका साथै आवश्यक औषधिहरू समेत वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै