Comments Add Comment

Advertisment

SKIP THIS

ड्युटीमा रहेको प्रहरीलाई घुस दिन खोज्ने सानुकान्छा काभ्रेभन्ज्याङबाट पक्राउ

ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिनै स्कुटर चलाउ खोज्ने एक व्यक्तिलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ।

धुलिखेल नगरपालिका-११ स्थित अस्थायी ट्राफिक पोष्ट काभ्रेभन्ज्याङमा संयुक्त चेकिङमा बसेका ट्राफिक प्रहरीले सोमबार काभ्रेकै रोशी गाउँपालिका- ८ का ५९ वर्षीय सानुकान्छा तामाङलाई पक्राउ गरेको हो।

धुलिखेलबाट भकुण्डे जाँदै गरेको बा.प्र.०२-०३७ प ०९९७ नम्बरको स्कुटरलाई रोकेर ट्राफिक प्रहरीले तामाङसँग लाइसेन्स मागेका थिए।

चालक अनुमति पत्र माग्दा पटकपटक उनले ‘मेरो लाइसेन्स यही हो’ भन्दै बिलबुकभित्र एक हजारको नोट राखेर ट्राफिक प्रहरीलाई दिन खोजेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

डिउटीमा खटिएका प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर चालक अनुमति पत्रबिनै स्कुटर चलाएको कारण उनलाई स्कुटरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै