Comments Add Comment

Advertisment

SKIP THIS

५९ यात्रु सवार बुद्धको जहाज भैरहवा विमानस्थलको रनवेमा चिप्लियो

२८ असार ,काठमाडौ । रुपन्देहीको गौतमबुद्ध विमानस्थलको रनवेमा बुद्ध एयरको जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको छ ।

काठमाडौंबाट भैरहवा गएको नाइन एन–एओसी जहाज गएराति राति ९ बजेतिर रनवेमा चप्लिएको हो ।

विमानस्थल प्रशासनका अनुसार जहाजको चक्काले माटो छोएको छ । जहाज रनवेबाट ४र५ मिटर चिप्लिएर किनारमा पुगेको थियो । जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ ।

जहाजमा ५९ यात्रु सवार थिए । बुद्ध एयरको प्राविधिक टिम र प्रहरी तैनाथ गरी जहाजलाई तानेर एराइभलतर्फ ल्याउन प्रयास गरिरहेको विमानस्थल स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै