Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीका डिएसपी मिम लामाको कविताः आज भोलिको गाउँ

मिमबहादुर लामा:- आजभोलि गाउँघरका ढोकाहरू बन्द देख्छु टनाटन बस्तुभाउले भरिने
गोठहरू रित्तै छन्
घरका छानो चुहिएर
कमेरोले पोतेको भित्ता
खुइलिएको देख्छु
दलानका फलैंचाहरू
वर्षे झरीले रूझेर
जीर्ण भएको देख्छु
खेतबारीहरू बाँझै छन्
चौताराहरूले बटुवाको अभावमा
आफ्नो धर्म निभाउन छाडेछन्
गन्तव्यसम्म डोर्याउने गोरेटोहरूलाई
बनमारा र तीतेपातीले छोपीसकेछ
मानिसहरूको पातलो उपस्थिति देखेर
बनमाराले बढ्ने मौका पाएछ
बिहे बटुलोमा जन्ती कम देख्छु
मर्दापर्दा घाटसम्म जाने मलामी
कम भेट्छु
हिजोसम्म गुल्जार बस्तीमा
मानिसहरू पातलिएको देख्छु
पातलिएको बस्तीमा रात बिताउनेहरू
आफैँ आफैँमा विरानो देख्छु
बस्तीबाट शहरले मानिसहरूलाई तानिरहेको छ
शहर पसिसकेपछि मानिसले
गाउँलाई बिर्सन थालेको छ
साहुको ऋण तिर्न र दुई छाक खान
जोहो गर्ने धोको बोकेकाहरू
बाध्यताले गर्दा देश छाड्दै छन्
विदेशिएका मानिसहरूको फिर्तीको लहरले
शहरलाई रोजेको छ
शहरका मानिसले भने शिक्षाको बहानामा
समुद्र पारिको देश रोजेका छन्
जन्मभूमि बिर्सेका छन्
गाउँगाउँका युवाहरूमा
विदेशिने रसायन वर्षेको छ
गाउँघर रित्तिएको छ
रैथाने अन्नको साटो विषादियुक्त
अन्न भित्रिएको छ
शरीर जीर्ण छ
मोबाइल र इन्टरनेट बिना
जीवन नचल्ने भएको छ
आत्मियता घटेको छ
एकाघरका परिवारभित्र
कलह बढेको छ
समाजिक मूल्यमान्यता हरायो
सामाजिक सञ्जालसँग नाता जोडेर
आफन्तहरूसँग नाता तोडिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै