Comments Add Comment

Advertisment

SKIP THIS

आठ एसएसपी डीआईजीमा बढुवा सिफारिससंगै गृहमन्त्री लेखक र आईजीपी कुँवरको उच्च प्रसंसा

काठमाडौं। नेपाल प्रहरीमा आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् ।

यो सिफारिससंगै गृहमन्त्री रमेश लेखक र संगठन प्रमुख आईजीपी बसन्त बहादुर कुँवरको उच्च प्रसंसा चुलिएको छ । यस अघिका बढुवामा अन्यायमा परेका एसएसपीहरुलाई न्याय मिलेको छ ।

न्यायका लागि डीआईजी कुँवरले निरन्तर आफ्नो अडान कायमै राख्दै आउनुभएको थियो । उहालाई गृहमन्त्री रमेश लेखकले पनि साथ दिनुभएको थियो ।

विभिन्न शक्ती केन्द्रको अस्वस्थ दबाबका बाबजुत पनि गृहमन्त्री लेखक र आईजीपी कुँवरको चट्टानी अडानका कारण बढुवा ढिलै भएपनि न्यायकारी भएको छ ।

गृहमन्त्रालय अन्तर्रगतको प्रहरी बढुवा समितिको सचिवालयले बढुवा सिफारिस भएका आठ जनाको नाम सार्वजनिक गरेको हो।

बढुवा सिफारिसमा ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर विक परेका छन् ।

रिक्त डिआईजीका लागि तीन समुह प्रतिस्पर्धामा देखिएका थिए । प्रहरी महानिरीक्षक बसन्त कुँवरका ब्याचीदेखि २०५४ को टोलीका एसएसपीहरू डिआईजी बन्न लबिइङमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै