Comments Add Comment

Advertisment

SKIP THIS

सप्तरीमा पेट्रोलको अभाव, प्रतिलिटर ३५० रुपैँया कायम

२० चैत , काठमाडौं । राजबिराजमा बसोबास गर्दै आएका ३० वर्षीय अरूण यादवको म‍ोटर साइकलको पेट्रोल सकियो । उनी शनिबार पेट्रोल खोज्न निस्के। नजिकका सबै पेट्रोल पम्प धाए । पेट्रोल कुनै पम्पमा पाएनन् । एक जना स्थानीयको सहयोगमा बोतलको एक लिटर पेट्रोलको ३२० तिरेर तत्काल काम चलाए ।

पेट्रोल डिजल किनेर स्टोकमा राखेकाहरूले अहिले एक लिटरको २५० देखि ३५० रूपैयाँ लिएर उपभोक्तालाईलाई दिँदै आएको स्थानीयको गुनासो छ।

राजविराज–१ का ३५ वर्षीय परमेश्वर झाले शुक्रबार जिल्लाका विभिन्न पेट्रोल पम्पमा तेल खोज्न धाए । बल्लतल्ल एउटा पम्पमा पेट्रोल पाइयो । तर हजार जनाभन्दा बढी संख्यामा उपभोक्ताको लाइन थियो । एक घण्टाभन्दा बढी उभिएर पेट्रोल लिँदा पनि आवश्यकता जति नपाएको बताए।

पेट्रोलको अभावमा सधैं मोटरसाइकल स्कुटीमा देखिनेहरू यतिबेला हिँडेर आवतजावत गरेको देखिन थालेका छन्। इन्धन ढुवानी गर्ने व्यवसायीले विभिन्न माग राखेर डिपोबाट तेल नपठाउँदा पेट्रोलियम पदार्थको अभाव भएको स्थानीय पेट्रोलियम पम्प व्यवसायीहरू बताउँछन् । शनिबार साँझ आन्दोलनरत पक्षसहित सरोकारवालबीच सहमति भएकाले अब पेट्रोलियम पदार्थ सहज हुने आशा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै