१३ भदौ , काठमाडौँ । काठमाडौं महानगरले न्युरोडमा रहेको सुरज आर्केडको बेसमेन्ट खाली गराएको छ ।
नक्सापास बिपरितको प्रयोजनका लागि बेसमेन्ट प्रयोग गरिएको पाइएपछि महानगरले खाली गराएको हो । महानगरले सो स्थानमा मापदण्डबिपरितको संरचना पनि हटाउने जनाएको छ ।
त्यस्तै सोमबार महानगरले सुरज आर्केड लगाएत बिशाल बजार लगाएत अन्य कम्प्लेक्सको पनि निरिक्षण गरेको छ । सो क्रममा महानगरले नक्सा सहित उपस्थीत हुन विशाल बजारलाई निर्देशन दिएको छ ।
अन्य स्थानमा अनाधिकृत संरचना हटाउन पनि निर्देशन दिएको छ । सो क्रममा व्यापारिले विरोध समेत जनाएका छन् ।


