Comments Add Comment

Advertisment

SKIP THIS

मुख्य-मन्त्रीकी छोरीले हानिन् डाक्टरलाई थप्पड, बाबुले मागे सार्वजनिक रूपमा माफी

२८ भाद्र , काठमाडौँ । भारतको मिजोरमका मुख्यमन्त्री जोरमथांगाले आफ्नी छोरीले डाक्टरलाई थप्पड हानेको भिडियो भाइरल भएपछि सार्वजनिक रूपमा माफी मागेका छन् ।

उनले मा:फी माग्दै आफ्नी छोरीको व्यवहार कुनै पनि हिसाबले ठिक नभएको बताएका छन्। मुख्यमन्त्रीकी छोरी मिलारी छाङ्तेले डाक्टरलाई थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार यस घटनाका कारण स्थानीय डाक्टरहरू निकै आक्रोशीत छन् । घटनाको विरोध गर्दै ८०० डाक्टरहरू प्रदर्शनमा उत्रेका छन् । इन्डियन मेडिकल एसोसिएसन (आईएमए) का सदस्यहरूले दिनभर कालो बेल्ट लगाएर विरोध प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीले समाचार संस्था पीटीआ:ईसँग कुरागर्दै भने, ‘सीएमकी छोरी बुधबार आइजोलमा छाला विशेषज्ञ कहाँ गएकी थिइन्। यहाँ डाक्टरले उनलाई पहिले अपोइन्टमेन्ट लिन भने । यसैमा मुख्यमन्त्रीकी छोरी मिलारी छाङ्तेले डाक्टरलाई थप्पड हानेकी हुन ।’

मुख्यमन्त्री जोरमथांगाले इन्स्टाग्राममा छोरीले डाक्टरलाई भेटेर माफी मागेकी कुरा लेखेका छन् । उनले छोरीमाथि कडा कारबाही नगरेकोमा आईएमएलाई धन्यवाद दिएका छन् ।

यसअघि मिलारी छाङ्टेका जेठा दाजु रामथानसियामाले आफ्नो बहिनी मानसिक तनावका कारण अनियन्त्रित भएको भन्दै सामाजिक सञ्जालमा माफी मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै