Comments Add Comment

आक्रमणबाट देश जोगाउन बन्दुक बोक्दै पूर्व मिस युक्रेन

१९ फागुन , काठमाडौं । रुसले आफ्नो मुलुकविरुद्ध आक्रमण गरेपछि पूर्व मिस ग्राण्ड युक्रेन पनि आफ्ना सैनिकलाई साथ दिन युद्धमा लागेकी छिन् ।

सन् २०१५ मा मिस ग्राण्ड युक्रेन बनेकी अनास्टासिया लेनाले इन्स्टाग्राममा तस्बिरहरु सार्वजनिक गर्दै युद्धमा आफ्नो फौजलाई सघाउन आफू तयार रहेको जनाएकी हुन् ।

उनले इन्स्टाग्राममा शेयर गरेका तस्वीरहरुमा उनले हातमा राइफल लिएको देखिन्छ । ‘आक्रमण गर्ने उद्देश्यले युक्रेनको सीमा पार गर्ने सबै मारिनेछन् ।’ उनले लेखेकी छिन्, ‘हाम्रा फौज यसरी लडिरहेका छन् कि बरु नेटोले युक्रेनमा समावेश हुन निवेदन दिनुपर्छ ।’

यसअघि टर्कीमा पब्लिक रिलेशन म्यानेजरको जागिर खाँदै आएकी उनले केही वर्षयता बन्दुक बोकेको, सैनिक कसरत गरेको र सिकार खेलेको जस्ता तस्बिरहरु शेयर गर्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै