Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक प्रहरीले विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका १८ ओटा टाटा सुमो नियन्त्रणमा

काठमाडौं । उपत्यका ट्राफिक प्रहरीले काठमाडौंको बल्खुमा गरिएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका १८ ओटा टाटा सुमो जिपलाई  नियन्त्रणमा लिएको  छ ।

ह्याण्ड ब्रेक नभएका, टायरको अवस्था ठिक नभएका लगायत सवारीको विविध यान्त्रित अवस्था ठिक नभएका १८ ओटा टाटा सुमो जीपलाई नियन्त्रणमा लिइएको हो ।

होल्ड गरिएका जीपका यात्रीलाई अन्य सवारी साधनबाट गन्तव्य स्थानतर्फ पठाउनका लागि आवश्यक पहल भइरहेको उपत्यका ट्राफिक प्रहरीले जनाएकाे छ । बल्खुबाट देशका विभिन्न स्थानका लागि सुमो जीप छुट्दै आएका छन् ।

यात्रुहरुको सुरक्षालाई मध्यनजर गरेर आज बिहानैदेखि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको नेतृत्वमा ट्राफिक प्रहरीको टोली बल्खु क्षेत्रमा खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै