Comments Add Comment

Advertisment

SKIP THIS

नवौँ राष्ट्रिय खेलकुद छनोट : पाँच हजार मिटर दौडमा जुम्ला प्रथम

२३ भदौ , काठमाडौँ । कर्णाली प्रदेशको मुकाम खलंगामा सञ्चालन भइरहेको नवौँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगिताको पाँच हजार मिटर दौड प्रतियोगितामा महिला र पुरुष दुवै विधामा जुम्ला प्रथम भएको छ।

कर्णाली स्पोर्टस् क्लब जुम्लामा आबद्ध खेलाडी प्रकाश कठायत पुरुषतर्फ प्रथम हुँदा जुम्लाकै शेरबहादुर अधिकारी द्वितीय र सुर्खेतका अजय विक तृतीय स्थान हासिल गरे।

महिलातर्फ जुम्लाकै अन्तिमा बुढा प्रथम हुँदा सुर्खेतकी विमला कार्की द्वितीय र कालिकोटकी निस्पा मल्ल तृतीय भएकी छन्।

चार सय मिटर दौड प्रतियोगितामा पुरुषतर्फ जुम्लाका अर्जुन बुढा प्रथम, सुर्खेतका भरत राना द्वितीय, सुर्खेतकै गोविन्द श्रेष्ठले तृतीय स्थान हासिल गरेको जिल्ला खेलकुद विकास समिति जुम्लाका एथेलेटिक्स प्रशिक्षक हरिबहादुर रोकायाले बताए।

चार सय मिटर दौड प्रतियोगितामा महिलातर्फ सुर्खेतकी रमिता खड्का प्रथम, जुम्लाकी निशा पाण्डे द्वितीय र सुर्खेतकी नन्दा कुमालले तृतीय स्थान हासिल गरेको कर्णाली स्पोर्टस् क्लब जुम्लाका सचिव धनराज सुनारले बताए।

एक सय मिटर दौड प्रतियोगितामा महिलातर्फ सुर्खेतकी बिनु शाही प्रथम, जुम्लाकी समिता बुढा द्वितीय र कालिकोटकी रामिरा शाही तृतीय भएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै