Comments Add Comment

Advertisment

SKIP THIS

तरकारी किसानको माग सम्बोधन गर्न कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

२१ माघ , काठमाडौ । उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण भएको छ।

शुक्रबार चितवनका किसानले थालेको आन्दोलनप्रति प्रधानमन्त्रीले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराउँदै माग सम्बोधनको आवश्यक पहल लिन निर्देशन दिएका हुन् ।

चिवतनमै रहेकी मन्त्री साहलाई प्रधानमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री साहले सरोकारवाला किसानसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परेमा प्रधानमन्त्रीलाई आग्रह गर्ने बताएकी छन्।

कृषि मन्त्रीले छलफल गरेर फर्किएपछि मन्त्री, सचिव र अन्य सरकारी अधिकारीहरू बोलाएर थप छलफल गर्ने तयारी प्रधानमन्त्रीको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment